ktm saraswati puja“हामी दिनभर विराटनगर का हरेक कलेजमा वुनिया खान जान्थ्यौ । भात नखाईनखाई । वेलुका घर आएपछि पेटले समस्या दिएपछि मात्र थाहा पाईन्थ्यो, धेरै खाईएछ ।” रवीन चापागाँईले यसो भनिसक्नासाथ कोठामा हाँसो गुञ्जियो । सवैजना थपडी वजाउदै निकैवेर हाँसिरह्यौ ।

अझै रमाईलो सुन्न वाँकि नै थियो । आफ्नो पालो आउनासाथ मदन चिमरिया पनि वोले, “सानोमा स्कुलमा पुजा हुँदैथियो । सरस्वती को प्राथना जान्ने र पण्डित भईदिनसक्ने कोहि भएनन् । ‘सरस्वति मया धृष्ठा ‘ मात्र भन्न जान्ने मै अघि सरे । वेलुका घर फर्कदा पण्डित भएवापत दक्षिणा गोजिभरि थियो ।”

अर्का एकजना नयाँ भाई पहिलोपटक युथ फर व्लडमा आएका थिए । उनले नधकाई सुनाए, ” सानैको करा हो । आजको दिन मन्दिरको भित्तामा लेखे पढ्न आउछ भनेर कसैले सुनाईदियो । म गएर धमाधम भित्ता कोर्दै थिए । पण्डितले आएर एक चड्कन लगाईदिए । म टाप ।” हाँसो निकैवेर थामिएन । ताली के थामिन्थ्यो?

पुजा कार्यक्रम संयोजक विष्णु धमला हाँस्दै वोले, “हामी कलेज पढ्दा त्यसरिनै हरेक कलेज डुल्दै थियौ । नयाँनयाँ साथीहरूसँग चिनजान गर्दै । त्यस्तैमा एकजना केटी साथीसँग चिनजान गर्दै मैले भने, ‘म विष्णु’ उनले भनिन्, ‘म लक्ष्मी’ । त्यसपछि दिनभर केटाहरूले जोडी वनाएर जिस्काईरहे । “

यो अवसर थियो युथ फर व्लड काठमाडौं ले आयोजना गरेको ‘सरस्वती पुजा विशेष भेटघाट कार्यक्रम’ को । हामी लगभग 25 जना भेला भएका थियौ । सुरज सुवेदीले पुजा हुनुअघि अनौपचारिक रूपमा वोल्दै आफ्नो जीवनकालमा मनाएको सरस्वती पुजा का विशेष रमाईला पलहरू सेयर गर्न लगाएसँगै रमाईलो सुरू भएको थियो । सवैजना यसरिनै पालैपालो सुनाउदै थिए, वाँकि ताली वजाउदै थिए ।

त्यसलगत्तै पुजा कार्यक्रम सुरू भयो । नेतृत्व दियौ घरवेटी आन्टिलाई । उहाँले सरस्वती को महिमा भएको मिठो गीत सुनाएर सुरू गर्नुभयो र टिका लगाईदिएर समापन पनि । टिका लगाउनुपूर्व सवैले आफै पुजा गर्ने व्यवस्था पनि मिलाएका थियौ । लाईन लागेर । लाईन व्यवस्थापन को जिम्मेवारी आफै लिएका रवीन जी भन्दै थिए, “भक्तजन हरू, कृपया लाईन मिलेर पुजाआजा गरिदिनु होला ।”

KTM Saraswati puja 1रमाईलो गरि पुजा कार्यक्रम सकेपछि टिका लगाउने काम सुरू भो । फेरि उहि आन्टि, फेरि उहि लाईन, फेरि उहि भक्तजन वाला छेडछाड । नयाँ थियो प्रसाद लिने काम र फोटोसेसन । हरेकको फोटो लिने जिम्मा पहिला सुरज र पछि विनयले लिए । क्यामेरा थियो उहि विनयको आईफोन । प्रसाद निशाले भाग लगाएकि थिईन् । वाँढ्ने जिम्मा लिए उक्त पुजाका संयोजक विष्णु धमलाले । टिका लगाएको फोटो हरेकको लिने कुरा भएकाले आन्टि त हरेक फोटोमा आउनुभयो नै, प्रसाद वाँढ्ने सुरमा नजिकै उभिएका विष्णु जी पनि छुटेनन् । अगाडिदेखि नै उक्त कुरा ध्यान दिईरहेका रवीन जी ले फेरि प्वाक्क भनिहाले,”हाम्रो युथ फर व्लडको नयाँ ऋषि धमला हो वहाँ । हैन धमला जति सवै यस्तै हुन् कि क्या हो?” यस्तो सुन्नासाथ फ्लोरले चर्को हाँसोमा रवीन जीलाई सपोर्ट गर्यो ।

त्यसपछिपालो आयो प्रसाद खाने को । भरसक अर्काको भागवाट स्याउ चोरेर खाने प्रयत्न गरेको देखियो । हाईलाईटमा फेरि उहि रवीन जी । दृश्यअनुसार उहाँले हरेकको भागवाट झिकेर खाएको देखियो । सवैले झिक्न दिँदा पनि खुशि नै मानेको देखियो ।

अन्त्यमा पालो आयो फिटव्याक स्पिच को । सवैले कार्यक्रम कस्तो लाग्यो भन्नुपर्ने थियो । मिश्रित प्रतिकृयाहरू आए । धेरैले ‘यसरि नमनाएको धेरै भएको रहेछ , आज पुरानो दिनहरू संझदै मनाउदा धेरै खुशी लागेको वताउनुभयो ।’

अलिक ढिलो आईपुगेकि अध्यक्ष सुवुना वस्नेतले भनिन्,”पोहोर विराटनगर पुगेकी थिए मनाउन, सोचेथे आगामी वर्ष काठमान्डु मा पनि त्यसरिनै मनाउन पाम । आज त्यो सपना पुरा भयो । “

निरञ्जन पौडेलले भन्नुभयो,” हुनत म नास्तिक हैन । तरपनि यसरि मनाएको थिईन । धेरैजना मिलेर मनाउदा रमाईलो हुदोरहेछ ।”

ईन्टर्न गर्न आईरहेकि आङ सि सेर्पाले सुनाईन, “हाम्रो समुदायमा यसरि पुजा गरिदैनथ्यो । आज गरे । खुशि छु । “

पुजा संयोजक विष्णु धमलाले सुनाए, “छोटो तयारिमा कार्यक्रम गरिएको थियो । सफल भयो । कसैलाई फोन गरेका थिएनौ र पनि यति धेरै उपस्थिति रह्यो । सारै खुशि लाग्यो । “

प्रतिकृया लिने काम सकिएपछि एकछिन वैठक गर्यौ र ग्रुप फोटो खिचेर छुट्यौ । यसरि युथ फर व्लडको एउटा विशेष दिन धेरै खुशि र यादहरू दिएर गयो ।

आजको कार्यक्रम मा आउनुहुने नया पुराना सवै साथीहरूलाई धन्यवाद । माथि लेख्न छुटेका अरू रमाईला कुरा याद भए कमेन्टमा लेख्नुहोला ।

सुरज सुवेदी
सहसंयोजक
पुजा आयोजना कमिटी

Leave a Comment