ghanshyam subedi

हाल USA Hampshire मा रहनुभएका घनश्याम सुवेदीले युथ फर व्लडलाई ११,१११ रुपैया सहयोग गर्नुभएको छ । युवाहरुले संचालन गरेको स्वयंसेवी अभियानको व्यवस्थापकिय काममा सहयोग पुगोस् भनेर उक्त सहयोग गर्नुभएको उहाँले बताउनुभयो । युथ फर ब्लड केन्द्रिय कमिटीका सचिब सुरज सुवेदीलाई नेपालमा रहनुभएका आफ्नो भाईमार्फत सहयोग उहाँले रकम हस्तांतरण गर्नुभएको हो ।

उहाँको सहयोगको लागी धेरैधेरै धन्यबाद । यसले हामीलाई अझै क्रियाशिल भएर सामाजिक सेवामा लाग्न प्रेरित गरेको छ ।

YFB अाफ्नो रगत दिएर अरुको ज्यान बचाउनु सानो काम होइन । YFB मा संलग्न युवाहरुले गरिरहेको जीवन दान को यस्तो कार्य प्रशंसनीय छ । रगत ब्यवस्थापन गराउने यो आभियानले केवल जीवन दानको कार्यमात्र नगरी युवा हरुमा अरुलाई सहयोग् गर्दा हुने

अानन्दनुभुती गर्ने अवसर समेत मिलेको पाँए । रगत उपलब्ध गराएर अर्काको ज्यान बचाउनु ब्यबस्थापिकीय दृष्‍टिकोण बाट पनि सजिलो छैन । अध्ययन को कालमा रहेका युवाहरुमा आवश्यक स्रोत र साधन को अभाब सधै हुन्छ । तर जस्तोसुकै अभावका बाबजूद पनि किन्चित अल्छि नमानी आफ्नो अभियान लाई निरन्तरता दिहीरहेका YFB का आभियन्ता हरुलाई आबस्यक ब्यबथापिकिय काममा थप सयोग पुगोस् भनि सानो सहयोग गरेको हुँ । आशा छ यस्लाई YFB ले स्विकारी
यो महान् कार्यमा मलाइ पनि सामेल गर्नेछ । धन्यवाद ।

-घनश्याम सुबेदी ,U.S.A

Leave a Comment